१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

पुलकित छ मन यसै तिमी सामु हुँदा (गजल)

–दुर्गा पनेरु

नबोलेरै धरती हाँस्छ तिम्रो आगमनमा
औँसि पुर्णे एकनास छ तिम्रो आगमनमा

 

हावा पनि मात छ  मधुपवन बोकी
सधैँ मलाई मधुमास छ तिम्रो आगमनमा

पुलकित छ मन यसै तिमी सामु हुँदा
आहा क्या मिठो सुवास छ तिम्रो आगमनमा

किन जानु चन्द्रगीरी,किन जाउँ पोखरा
यतै मेरो जिवन खास छ तिम्रो आगमनमा

बेलकोटगढी ३, नुवाकोट

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १८:४१