अमेरिकामा ठुलाे भूकम्प गयाे, एस्ताे छ त्यहाँकाे स्थिती
२० असार, अमेरिका । अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा शुक्रबार ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु रिजक्रेस्ट शहर रहेको छ । भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्वविद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई बताएका छन् ।

भुकम्पका कारण केही व्यक्ति खसेको सामानले लागेर घाइते भएका छन् भने ग्यास लाइन फुटेकाे मेयर पेगी ब्रिडेनले जनाएका छन्र । उनका अनुसार सीएनएनलाई बताए अनुसार उक्त शहरमा संकटकालको घोषणा गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ११:१४












