१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

लोकसभा चुनावमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिँदै कांग्रेस अध्यक्ष गान्धीले दिए राजीनामा

१८ असार, काठमाडौँ । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् । राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् । ‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।

उनले गत मे २५ मा पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा दिएका थिए । उनले आफ्नो ट्वीटर अकाउन्टबाट समेत पार्टी अध्यक्ष भन्ने शब्द हटाएका छन् । गत महिना भएको लोकसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनी पार्टी अध्यक्ष रहने कि नरहने भन्ने बहस चर्किदै गएको थियो ।

राहुलले राजीनामा दिएसँगै अब कसले पार्टीको नेतृत्व सम्हाल्ला भन्ने बहस उत्कर्षमा आएको छ । पछिल्लो समययता सो पार्टीको नेतृत्वमा गान्धी परिवारको विकल्प खोजिनुपर्ने बहस समेत सतहमा आएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १८:२३