३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

विद्यालय भर्ना अभियान सफल पार्न अघि बढ्यो युवा संघ

३० चैत, काठमाडाैँ । युवा संघ नेपाल प्रदेश नं २ को वैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । मिति द्दण्ठद्ध चैत्र द्दढ गते संघका प्रदेश संयोजक एवं माननीय मञ्जु यादवको अध्यक्षतामा वसेको वैठकमा संघका सचिवहरु माधव वास्तोला, राजेश शाह, सचिवालय सदस्य रमेश आचार्यको विशेष उपस्थिती रहेको थियो ।

वैठकले नेपाल सरकारले वैशाख ५ गते सिराहवाट नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलीले साक्षरता अभियानको उद्घाटन गर्ने कार्यक्रममा  युवा परिचालन गर्ने योजना वनाएको छ । ५ गते सम्म संघको २ नं प्रदेशको ध्यान सरकारको भर्ना अभियानमा केन्द्रीकृत गर्ने र मातहतका सवै कमिटीलाई परिचालन गर्नको लागि वैठकका अध्यक्ष मञ्जु यादव, सचिवहरु माधव बास्तोला र राजेश शाहले वैठकलाई निर्देशन दिनु भएको भयो ।

हामी यो अभियानलाई सफलताको साथ सम्पन्न गरि द्द नं प्रदेश पुर्ण साक्षर प्रदेश वनाउने कुरामा लाग्ने कुरा संघका सचिवालय सदस्यहरु राममणि मिश्र, जोगी यादव, रविन्द्र शाह, के सहरु सरस्वती चौधरी, सत्यनारायण यादव, शिव चन्द्र सिंह, जिल्ला अध्यक्षहरु वैजनाथ शाह, श्याम गुप्ता, जन प्रतिनिधि एवं २ नं प्रदेश सदस्य कमलदेव यादव लगायतले प्रतिवद्दता व्यक्त गर्नु भएको भयो ।

वैठकले वैशाख द्दद्द गते विचार गोष्ठी, वधाई तथा शुभकामना कार्यक्रम राख्ने, वैशाख महिना भित्र मातहतका कमिटीहरुलाई व्यवस्थित गरी वैठक, भेला, प्रशिक्षण गर्ने, सामाजिक सांस्कृतिक रुपान्तरण र आर्थिक समृद्धिको राष्ट्रिय दायित्व पूरा गर्न सहयोग पुग्ने गरि प्रत्येक जिल्ला कमिटीले कम्तीमा पनि एक रचनात्मक काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

वैठकले केन्द्रीय कमिटीको लाई निम्न सुझावहरु पेश गर्ने निर्णय गरेको छ 
१० विद्यालय भर्ना अभियानलाई सफल पार्नको लागि प्रभावकारी योजना वनाई कार्यान्वयन गरोस् ।
२० निकट भविष्यमा नै हाम्रो पार्टी नेकपा एमाले र माओवादी केन्द्रको एकता हुने र त्यसले हाम्रो संगठनलाई पनि असर गर्ने हुदा परिवर्तित परिस्थितिमा युवा आन्दोलनको कार्यदिशा, कार्ययोजना, र कार्यक्रमहरुको तय गरोस् ।
३० एकतामा जांदा संगठनको स्वरुप, ढांचाहरु र ठोस योजनातय गरोस् ।
द्ध० हामीले लामो समय देखि उठाउदै आएको युवा रोजगार वैकलाई प्रत्येक प्रदेशमा स्थापना हुने गरि सरकारसँग माग गर्ने र कार्यान्वयनको लागि दवावका ठोस् योजना ल्याओस् ।
५० अब संगठन एकताको दिशामा जाने हुदा संगठनको एकता र नेतृत्वलाईको गरिमालाई आंच आउने खालका गतिविधी, अभिव्यक्ति नदिनको लागि संघका नेताहरुलाई आग्रह गर्ने र यश प्रती सजग हुन समेत सवैलाई आग्रह गर्ने निर्णय गरेको छ ।
वैठकको संचालन संघका प्रदेश सह संयोजक राममणि मिश्र र स्वागत केन्द्रीय सचिवालय सदस्य जोगी यादवले गर्नु भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १०:००