१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

उदयपुरको महोत्सव अायोजकलाई नाफा स्थानीयलाई घाटा


–अस्विन खड्का
६ फागुन, काठमाडौँ । समान्यतया मेला महोत्सव भनेपछि स्थानीय वासिन्दा र अझबढी व्यवसायीहरु उत्साहित हुन्छन । आफ्नो ठाउँको प्रचार हुने र मेला महोत्सवको नाममा व्यापार पनि गर्न पाइने भएकाले उत्साहित हुनुलाई सकारात्मक मान्छिन पनि । तर उदयपुरमा भने यसको ठीक उल्टो भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाले पहिलो प्रदेश महोत्सव त्रियुगा–२०७४ को आयोजना गदैछ । महोत्सवको तयारीदेखि नै स्थानीय बासिन्दा र व्यवसायीमा असन्तुष्टि देखिएको छ । ‘नगरापालिकाले आर्थिक विकासको मुल आधार, सह–अस्तित्व उद्योग र व्यापार स्वच्छ सफा बसोबास योग्य शहर हाम्रो अभियान, प्लाष्टिक झोला मुक्तक्षेत्र त्रियुगा नगर को पहिचान’ भन्ने मुल नाराकासाथ यही फागुन १५ देखि महोत्सव गर्ने गरी तयारी अन्तिम चरणमा पु¥याएको छ । यही समयमा महोत्सवको नाममा विकृति फैलिएको र स्थानीय भन्दा बढी बाहिरको बस्तु सामाग्रीको प्रचार र प्रयोग भएको भन्दै केही व्यवसायी र स्थानीयले बिरोध गरेका हुन ।

स्थानीय चन्द्रमणि गुराईले मुल उद्देश्य र नारा जे भएपनि महोत्सवको नाममा हाम्रो ठाँउमा स्थानीय गाँउघरमा फाईदा भन्दा धेरै नकरात्मक सन्देश परेको बतउछन । पछिल्लो पटक हुने गरेका महोत्सवबाट स्थानीय व्यापारीहरुले समेत फाइदा लिन सकेका छैनन् । गाईघाटमा व्यवसाय सञ्चालन गर्दै आएका कुमार राई स्थानीय वस्तु तथा सामग्रीको व्यापारमा आयोजकले कुनै ध्यान नदिएको बतउछन । उनले भने ‘बाहिरबाट ल्याएका पुराना समानहरु सस्तोमा बेचिन्छ यहाँका स्थानीय व्यापारीका समानहरु बेच्नै कठिन हुन्छ अनि किन चाहियो हामीलाई महोत्सव ?’

मेलाको समयमा मदिराको बिक्रीबितरण बढी हुने र अभद्र व्यवहारहरु हुने, रातको समयमा नाचगान गराउँदा युवाहरुको बीचमा झगडा हुनेजस्ता समस्या समेत आउने स्थानीय जेपी चौधरी बताउँछन । स्थानीयले नगरपालिका र उद्योग वाणिज्य संघले मिलेर महोत्सव गर्ने तर केबाट कति आम्दानी भयो र कसरी खर्च गरियो भनेर पारदर्शी तरिकाले हिसाब समेत सार्वजनिक गर्ने प्रचलन नभएको भन्दै असन्तुष्टि जनाएका छन ।

जिल्लाभित्रको उत्पादन र पहिचानलाई बजारीकरण गर्न यस्ता मेलाहरु सहयोगी हुनुपर्ने हो यद्यपी उदयपुरको त्रियुगामा भने असन्तुष्टि देखिएको छ । यहाँ यसरी बिरोध हुनुको कारण महोत्सवलमा छिमेकी देश भारतबाट ल्याईएका रोटेपिङ, बालमैत्री रेल गाडी, मौतका कुवा तथा जुवाजन्य खेलहरु खेलाउने र त्यसबाट भएको आम्दानी बिना कर सीधै भारत जानेगरेको स्थानीय प्रदीप खड्का बताउँछन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १९:५९