१३ असार २०८१, बिहीबार | Fri Jun 28 2024

प्रदेश १ लाई पर्यटकीय गन्तव्य बनाउन साताव्यापी पदयात्रा सुरु


३० चैत, तेह्रथुम । प्रदेश १ लाई पर्यटकीय गन्तव्य बनाउन साताव्यापी पदयात्रा सुरु भएको छ । प्रदेश १ मा नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको हो । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो ।

मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि टुटे, पाँचपोखरी, तीनजुरे, चौकी, मंगलबारे हुँदै गुफाबजारसम्म पदयात्रा गरेको छ । वसन्तपुर हुँदै गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रबाट ताप्लेजुङको पाथीभरालाई गन्तव्य बनाएर पदयात्रा थालिएको पदयात्रा महोत्सव मूल समारोह समितिका संयोजक टंक श्रेष्ठले बताए ।

‘अलौकिक प्राकृतिक छटाको मनोहरा, अबको गन्तव्य पाथीभरा’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित पदयात्राले प्रदेश नं १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन लक्ष्य राखिएको संयोजक श्रेष्ठले बताए ।

 

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, संखुवासभाका सांसद राजेन्द्र गौतमसहित पूर्वका राजनीतिक नेतृत्व, सामाजिक तथा व्यावसायिक छवि बनाएका व्यक्तिहरु सहभागी छन् ।

 

आइतबार पाँचथरको हिलिहाङ दरबार, सिलौटे, पौवाभन्ज्याङ, कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्दै काठमाडौँ फर्किनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार ०८:४३