१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

 १६ असार, काठमाडाैँ । दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी करिब ३ सय करोड रुपैयाँ र दुइ बच्चासहित हराएकी छिन् । उनी संयुक्त अरब इमिरेट्स की रानी ह्या बिन्त अल हुसैन हुन् । रानी हराएपछि शेख मुहम्मद युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

दुनियाँका धनी शासकहरुमध्ये एक मानिने शेखकी बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको अन्तराष्टिय सञ्चारमाध्यामले जनाएकाे छ । उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायद रहेका छन् । जर्मनीमा उनले सरकारसँग राजनीतिक शरण मागेको समेत बताइएको छ ।

दुबईबाट उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहको बताइएको छ । यसले गर्दा दुबई र जर्मनबीबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ । यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार १०:११