नक्कली कागज बनाएर भ्रष्टाचार गर्ने सुर्खेतका तीन शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा
१५ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको लेकवेँशी नगरपालिका–७ स्थित श्री आदर्श माध्यामिक विद्यालयको रु दुई लाख अठतीस हजार ५३० रकम नक्कली कागजातका आधारमा झिकी हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध पनि आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानाध्यापकको प्रशासनिक जिम्मेवारी समेत सम्हालेका भीमबहादुर ज्ञामी, तत्कालीन खातावाला तथा लेखा शिक्षक भक्तबहादुर ज्ञामी तत्कालीन स्रोत व्यक्ति दलबहादुर सिंहको मिलेमतोमा सो रकम हिनामिना गरिएको आयोगले जनाएको छ । आजै पर्साको वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा करार निमावि शिक्षकका रुपमा कार्यरत कासिम अन्सारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेको देखिएकाले अन्सारी विरुद्ध पनि सजाय माग दाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
प्रकाशित मिति : 22:00













