लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पुरा हुन्छः मन्त्री अधिकारी
२९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लुम्बिनीको एकीकृत विकासका लागि जापानका केन्जो टांगेले तयार गरेको गुरुयोजना दुई वर्षभित्र पूरा गरिने बताएका छन् ।

दुई हजार ५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले करीब दुई दशक अगाडि पूरा हुनुपर्ने सो योजना वैज्ञानिक भए पनि राजनीतिक अस्थिरताले काम हुन नसकेको हुँदा अगाडि बढाउनका लागि गृहकार्य गरिएको बताउँदै लुम्बिनी, कपिलवस्तु र देवदहलाई जोड्ने सञ्जाल निर्माणका लागि छलफल भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : 07:58









