१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उत्तर दिन नसकेकाे भन्दै शिक्षकले अन्धाधुन्द विद्यार्थी कुट्दा ३ छात्रा घाइते

१३ असार, धनकुटा ।  निजी विद्यालय सेतो गुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकको कुटपिटबाट तीन छात्रा घाइते भएका छन् । प्रश्न सोध्दा उत्तर दिन नसकेकाे भन्दै शिक्षक यसुन ओझाले बुधबार पाइपले कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत विभूति सुब्बा, चन्द्रकला मगर र अस्मिता मगर घाइते भएका हुन् । विज्ञान विषयको पढाइका क्रममा शिक्षकले अन्धाधुन्द कुटपिट गरेकाे र छात्राहरूकाे  पिँडुला, हात र पिठ्युँमा नीलडाम रहेकाे छात्राहरू बताउँछन् ।

घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षकलाई कारबाहीकाे माग गरेका छन् । उनीहरूले शिक्षकलाई विद्यालयबाट निष्कासन गर्नुपर्ने, उपचार खर्च व्यहोर्नुपर्ने जनाएका छन् । विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् । प्रिन्सिपल साधना भुजेलले निजी विद्यालयमा विद्यार्थीको हितकै लागि डरत्रास देखाउनु सामान्य भए पनि पछिल्लो घटनामा शिक्षकको चरम गल्ती भएको बताइन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार २१:४८