१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विद्यालयकाे ४ लाख ६० हजार रकम हिनामिना गर्ने प्रधानाध्यापक चौधरीविरुद्ध मुद्दा दायर

१३ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्याउल हल आधारभूत विद्यालय मदरसा सुनसरीका तत्कालीन व्यवस्थापन समितका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरी विरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको अनुदान रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।

विद्यालयको शौचाय तथा छात्रवृत्तिका लागि प्राप्त भएको ४ लाख ६० हजार बराबरको रकम दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले उनीहरु विरुद्ध बिगो अनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार २१:१६