५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रतिबन्धित ४९ लाख भारतीय रुपैँयासहित दुई पक्राउ

२९ चैत, काठमाण्डौ । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो ।

परिसरले आज ५०० का पाँच हजार ४५१ र एक हजारका दुई हजार २०६ थान रकम बरामद गरेको जानकारी दिएको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले प्रतिबन्धित भारतीय रुपैँया केही समयपछि साट्न खुल्ला हुने भनेर झुक्याइ साट्ने गरेको बताए ।

परिसरका प्रमुख पोखरेलले सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम संकलन गरेर काठमाडौँ आउने गरेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १५:२४