१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

यस वर्षको एसइईको परीक्षाफल आज, यसरी हेर्न सकिन्छ नतिजा

१२ असार, काठमाडाैँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन ।

कार्यालयले हिजो परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नअए आज नै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा 

एसइइको नतिजा थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ । त्यस्तै गरी www.see.gov.np, www.doe.gov.np, www.moest.gov.np, www.see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार ०९:४०