१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भोलि विप्लव नेकपाको आम शैक्षिक हड्ताल, यी जिल्लामा हुँदैछ विद्यालय बन्द (विज्ञप्तिसहति)

५ असार, काठमाडौँ । विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल ९क्रान्तिकारी०ले भोलि आम शैक्षिक हड्तालको आह्वान गरेको छ । अखिल ९क्रान्तिकारी०का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

चरणबद्ध संघर्षका कार्यक्रमहरु अन्तर्गत जेठ ३० र ३१ गते देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा, असार १, २ र ३ गते जुलुस प्रदर्शन, असार ४ गते देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम (९ बजेदेखि १० बजेसम्म) गरिसेको छ ।

क्रान्तिकारीले असार ६ गते गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रमहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार २१:४९