३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

विवाहकाे तयारीमा पुगेका आयुष्मानले धोका दिइ भन्दै जलाए प्रियंकाको तस्बिर

५ असार, काठमाडाैँ । विवाहकाे तयारीमा पुगेका आयुष्मानले  प्रियंकाको तस्बिर जलाएका छन् । अभिनेत्री प्रियंका कार्कीले धोकादिएकाे भन्दै आयुष्मानले फाेटाे जलाएका हुन् । प्रियांकाले रिल लाइफमा धाेका दिएकी हुन् ।  गायक मोहन राईको बुधबार रिलिज भएकाे गीत ‘मायाको खेल, आसुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड देखाइएको छ ।

कन्काइस्ट राईको संगीत रहेको गीतमा युवाहरुबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ । जसमा दिपेन्दनाथ शर्माको शब्द र निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मान बीचको प्रेमकथा बुनेका हुन् ।

हेर्नुहाेस भिडियाेः

 

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार १९:०६