१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिभुवन विश्व विद्यालयका सहायक डीन डा शम्भु प्रसाद पटेल ५० हजार घुससहित पक्राउ

४ असार, काठमाडौं । त्रिभुवन विश्व विद्यालयका सहायक डीन घुससहित पक्राउ परेका छन् । विज्ञान संकायका सहायक डीन डा शम्भु प्रसाद पटेल ५० हजार घुस सहित पक्राउ परेकाे अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  डीन लाई पक्राउ  गरेको कोइरालाले बताएका छन् ।

पटेललाई  घुस लिइसकेको अवस्थामा किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट पक्राउ गरेकाे काेइरालाले जनाएका छन् ।  उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार २१:१८