देशविकासको बाधक भ्रष्टाचारः अध्यक्ष थापा
२९ चैत काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश विकासका लागि भ्रष्टाचार अहिले मुख्य चुनौती भएको विचार व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको बुधबार आयोजित भेलामा उनले देशविकासको बाधक भ्रष्टाचार भएको र यसको विरुद्धमा देशभर गतिविधि सञ्चालन गर्ने बताए ।
थापाले चुनावमा पार्टीले पराजय भोगेको भए पनि प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतामा आधारित संवद्र्धनवादका विचारमा आफ्नो पार्टी प्रष्ट भएको बताए ।
पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देनलगायतले अब मुलुकको विकासका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नुपर्ने बताउँदै विद्यार्थी आन्दोलन गुणस्तरीय र प्राविधिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार ०७:०४