१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लोकसेवा आयोगले फाराम भर्ने समय १ हप्ता थप्याे

३ असार, काठमाडाैँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोगका पदाधिकारीकाे बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने सयम निर्धारण गरिएको छ ।

अनलाइन फाराम भर्दा आयोगको सर्भरमा अत्यधिक चाप भएकाले दरखास्त अपलोड गर्न कठिनाई भएका कारण म्याद थप गरेको उहाँले बताउनुभयो । आज एकल दस्तुरमा फाराम भर्ने अन्तिम समय तथा दोब्बर दस्तुरमा असार १० गतेसम्म समय तोकेको थियो ।

“अत्यधिक आवेदनका कारण आयोगको सर्भरमा गत जेठ ३० गतेदेखि चाप बढेको थियो”, सुवेदीले भन्नुभयो । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारीको माग गरेको छ । अहिलेसम्म करीब एक लाख ७२ हजार ४४४ जनाले फाराम भरेका छन् । आवेदकले अनलाइन फाराम भर्नमा समस्या भएको भन्दै समय थप गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार १८:४५