२ जेष्ठ २०८२, बिहीबार | Thu May 15 2025

नुवाकोटको चाैघडामा व्यक्तिको जग्गा विद्यालयको कब्जामा, परिवार नै बन्यो सुकुम्बासी (प्रमाणसहित)

–पवित्रा मुडभरी

२ असार, काठमाडाैँ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ को चौघडामा व्यक्तिको जग्गा विद्यालयले कब्जा गरेर एउटा परिवारलाई सुकुम्वासी बनाएको खुलासा भएको छ । अझ डर लाग्दो पाटो त के छ भने विद्यालयको नाममा व्यक्तिको जग्गा कब्जा गराउनेहरूले नै पीडितलाई भूमाफियाको आरोप लगाएर सञ्चार माध्यममार्फत बद्ननाम गराउने कामको सुरूवात गरेका छन ।

चौघडाका रामबहादुर राई क्षेत्रपाल माविले सुकुम्वासी बनाएपछि धेरैवर्षदेखि वेपत्ता छन । उनका छोराहरूले गुमेको सम्पत्ति फिर्ताका निम्ति नियम अनुसारको प्रयास गर्दा अहिले भूमाफियाको आरोप खेपेकामात्र छैनन् त्यही भनेर उनीहरूको सार्वजनिक वेइजति गराइएको छ । २०१७ सालमा रामबहादुर राईको नाममा दर्ता भएको जग्गा जुन जग्गाको उनले मालपोत समेत बुझाएका छन सोही जग्गा २०३४ सालमा तत्कालीन प्रधानपञ्चले व्यक्तिगत दुष्मनीको आधारमा विद्यालयको नाममा पारिदिएको प्रमाणहरू दैनिकीले प्राप्त गरेको छ ।

छायाँ परेको जग्गा जुन रामबहादुर राईले भोगचलन गरेर मालपोत तिर्दै आएका थिए भने सोही जग्गामा बस्दै र खेतीगर्दै पनि आएका थिए ।

तत्कालीन अवस्थामा उपप्रधानपञ्च रहेका व्यक्तिले भने रामबहादुर राई माथि त्यतिखेर अन्याय भएको भन्दै उनको न्यायका निम्ति आवाज उठाइरहेका छन । रामबहादुर राई हाल आफ्नो गुमेको सम्पत्ति फिर्ता पाउनका निम्ति काम गरिरहेका विदुर, केशव र दीपक राईका पिता हुन । जो यही सम्पत्तिका कारण विरक्तिएर हिडेँ आजसम्म पनि परिवारको सम्पर्कमा रहेका छैनन् ।

२०३४ सालअघिको प्रमाण रामबहादुरसँग छ विद्यालयसँग छैन

प्राप्त प्रमाण केलाउँदा हाल क्षेत्रपाल माविको नाममा रहेको जग्गा एकै पटक विद्यायको नाममा आएको देखिन्छ । जुन गलत ढंगले त्यतिखेरका प्रधानपञ्च नरबहादुर राईले पारिवारिक दुष्मनीका कारण रामबहादुर राईलाई समान्य सुइँको समेत नदिइ विद्यालय भन्दा झण्डै एक किलोमिटर पर रहेको जग्गा विद्यालयको नाममा नापी गराइको स्पष्ट देखिन्छ । जुन कुरा स्थानीय पाका मानिसहरूले समेत बताउँदै आएका छन । पीडित रामबहादुर राई र तत्काली प्रधानपञ्च राई सम्धी समेत रहेको खुलासा भएको छ ।

लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको रबरघारीको कित्ता नं. १८८, १८९ र १९० गरी १४ रोपनी जग्गा २०३४ सालको नापीमा नापी भई  विद्यालयको नाममा  बनेको पुर्जा ।

२०३४ सलाको नापीको समयमा एकै पटक विद्यालयको नाममा देखिएको २९ रोपनी भन्दा बढी जग्गाको अहिले विद्यालयसँग भएको लालपुर्जा मात्रै हो । तर पीडित रामबहादुरको परिवारसँग २०१७ सालदेखि उक्त जग्गा आफ्नो भएको प्रमाण सुरक्षित छ । यो किन पनि सत्य रहेको छ भने विद्यालयसँग त्यसअघि जग्गाको उसैको रहेको सार्वजनिक मुचुल्का छैन्, राजिनामा पास भएर आएको भन्ने कुनै प्रमाण पनि छैन, छोडपत्रमार्फत आयो कि भन्न त्यसको पनि प्रमाण छैन । दानदातव्यबाट कसैले दिएको भन्न त्यसको पनि प्रमाण केही छैन । त्यसकारण एकै पटक २०३४ सालमा जालझेल पूर्ण तरिकाले व्यक्तिको जग्गा विद्यालयको नाममा नापेको स्पष्ट हुन्छ ।

अधिवक्ता साध्यबहादुर भण्डारी जो नेकपाका नेता पनि हुन । उनी राइ परिवारको न्यायका निम्ति यस घटनाका बारेमा खोजविन गरिरहेका छन । जसले त्रिशुली खबरका लव प्याकुरेलसँग कुरा गर्दै उनीमाथि लागेको आरोपको समेत खण्डन गरेका छन । उनले राइ परिवारको न्यायका निम्ति आफू अन्तमिसम्म लड्ने बताएका छन । भिडियो सौजन्यः त्रिशुलीखबर

घटना वास्तविकता प्रमाणमा हेर्नुहोस्, विद्यालयको नाममा यसरी बनाइयो व्यक्तिलाई सुकुम्बासी 

रामबहादुर राईको नाममा २०२१ सालमा रहेको जोताहा निस्सा । जुन निस्साको २०७३ साल असोजको ०५ गते भूमिसुधार तथा व्यवस्था विभागले प्रमाणित गरेर उपलब्ध गराएको प्रतिलिपि ।
रामबहादुर राईको नाममा जग्गा रहेको अर्को प्रमाण २ नम्बर फारम । जुन २०७३ साल असोजको ०५ गते भूमिसुधार तथा व्यवस्था विभागले प्रमाणित गरेर उपलब्ध गराएको प्रतिलिपि ।
रबरघारीको जग्गा रामबहादुर राईको रहेको अर्को प्रमाण  । जहाँ जग्गाको चारै दिशका सधिँयारहरूसहितको विवरण र जग्गाको प्रकृतिको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । जसको २०७५ साल चैत्र ०८ गते मालपोत कार्यालय नुवाकोटले उपलब्ध गराएको प्रतिलिपि ।
रामबहादुरका छोराहरू विदुर, दीपक र केशव राईले लिखु गाउँपालिका वडा नम्बर ४ का अध्यक्षलाई जग्गा आफूहरूले कमाइरहेको भन्ने सिफारिस दिन अनुरोध गरेको पत्र ।
वडा अध्यक्ष दलबहादुर राईले रामबहादुर राईका छोराहरूले निवेदनको आधारमा जग्गाका बारेमा गाउँपालिकाका अध्यक्षलाई लेखेको सिफारिस पत्र । जसलाई केही पत्रकार र उनीहरूई सुकुम्वासी बनाउन भूमिका खेल्नेहरूले कब्जा लिएर तयार गरेको भनेर आरोप लगाइरहेका छन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव जयराम अधिकारीले शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटलाई रामबहादुर राईको जग्गाको स्वामित्वको बारेमा लेखेको निर्देशनात्मक पत्र ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव जयराम अधिकारीले शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटलाई रामबहादुर राईको जग्गाको स्वामित्वयको बारेमा पत्र लेखेको पछि त्यसैको अाधारमा इकाईले जिल्ला मातलपोत कार्यालय नुवाकोटलाई लेखेको पत्र ।
हाल विद्याको पुर्जामा रहेको जग्गा २०१६ सालदेखि नै रामबहादुर राईको नाममा जग्गाको फाँटबारी भएको र २०२१ सालको नापी निजकै नाममा भइ हालसम्म भोगचलन समेत उनैले गरिआएको भन्ने सम्बन्धमा स्रोत व्यक्ति महेश्वर पाण्डेलाई शिक्षा विकास तथा समन्वय इकाईले लेखेको पत्र ।

न्युज २४ टेलिभिजनमा प्रसारित रिपोर्ट जहाँ पीडितलाई भूमाफियाको बिल्ला भिराउने कोशिश भएको छ । 

प्रकाशित मिति : २ असार २०७६, सोमबार १४:४३