३० बैशाख २०८२, मंगलवार | Tue May 13 2025

नुवाकोट कांग्रेस समाप्त पार्दै प्रकाशशरण महत, देउवा सहभागी सभा केसी र महतद्वारा बहिस्कार

३२ जेठ, नुवाकोट । नेपाली कांग्रेसको निर्वाचनमा आफ्नै उम्मेदवारको विरूद्धमा भोट मागेको आरोप लागेर केन्द्रीय अनुशासन समितिमा कारबाहीका लागि उजुरी परेपछि पार्टीको सहमहामन्त्रीमा नियुक्त भएका डा प्रकाशरण महतले जिल्लाको कांग्रेस कार्यकर्ताको बीचमा थप बिग्रह ल्याउने काम गरेका छन ।

शनिबार नुवाकोटको चौघडामा डा प्रकाशशरण महतको पहलमा पार्टीको बिधानविपरित आयोजित संयुक्त क्षेत्रीय सम्मेलन नेपाली कांग्रेसका दुई प्रभावशाली नेता डा रामशरण महत र अर्जुननरसिंह केसी जसले नुवाकोटलाई नै भूगोल बनाएर  राजनीति गरे उनीहरूले नै बहिष्कार गरेका छन । कांग्रेसभित्रको सबै मूल्य मान्यता एकैपटक सक्न खोजेको भन्दै सहमहामन्त्री महतका दाजु डा रामशरण महतले समेत पार्टी सभापति जाने कार्यक्रम बहिष्कार गरे ।

पार्टीको विधान विपरित दुईवटा क्षेत्रको सम्मेलन एकै ठाउँमा गर्न लागिएको भन्दै नुवाकोट कांग्रेसका संस्थापन पक्षले असन्तुष्टि व्यक्त गरेको छ । शनिबार बिहान ११ बजे लिखु गाउँपालिको चौघडामा हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र सह–महामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला समिति र पार्टीका दुबै प्रभावशाली नेतासँग सामान्य समन्वय समेत नगरी संयुक्त क्षेत्रीय भेला आयोजना गरेपछि गरेपछि असन्तुष्टि सतहमा आएको हो ।  कार्यक्रमबारे प्रचार गर्नका लागि तयार गरिएको प्रचार सामग्रीमा देउवा, गच्छदार र महतको फोटो राखिएको छ भने नेता केसी र रामशरण महतको फोटो राखिएको छैन । काँग्रेस केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले पार्टी विधान विपरित हुने कार्यक्रमा आफ्नो उपस्थिति नहुने बताएका छन । यस्तै डा. रामशरण महतले पनि उक्त कार्यक्रममा सहभागि नहुने  बताएका छन ।

नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले भने मञ्चबाटै आफ्नो असन्तुष्टि राख्ने तयारी गरेका छन । उनले पार्टी सभापति देउवा सहभागी मञ्चमै पार्टीको साख गिराउनका लागि सहमहामन्त्री डा महतले गरेका गतिबिधिको बारेमा समेत स्पष्ट शब्दमा आफ्ना दृष्टकोण राख्ने अनुमान गरिएको छ । पार्टीका शुभेच्छुक, नेता र कार्यकर्ताहरूले सहमहामन्त्री महतले गरेको काम स्थानीय पार्टीको अहिलतमा रहेको बताएका छन । उनीहरूले यस्तो रवैया रहे कांग्रेस समाप्त हुने चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ११:११