३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिनेः मन्त्री महासेठ

२७ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताएका छन् ।

आज एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै पानीजहाजको सपना साकार हुने स्पष्ट पारे ।

बैशाखको पहिलो साताबाट नै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौँ अघि बढ्ने पनि उनले जानकारी दिए ।

भारत भ्रमण दलका सदस्यसमेत रहेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भारत र नेपाल दुवै देशका प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि÷सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले आफूहरु भारतसँग भएका सम्झौता कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको पनि बताए ।

मन्त्री महासेठले प्रधानमनत्रीको तीनदिने भारत भ्रमण सफल र उपलब्धिमूलक भएको पनि बताउनुभयो । भ्रमणको दौरानमा भारतसँग राष्ट्रिय हित, सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतालाई ध्यानमा राखेर सहमति गरेको पनि स्पष्ट पारे ।

भारतसँग विगतमा भएका कुरा बिर्सिएर अब नयाँ ढंगले अघि बढ्ने समझदारी भएको पनि उहाँले जानकारी गराए ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार २१:००