१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अाइजिपी नियुक्तिमा सहमति जुट्यो, निर्णयका लागि केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

२७ चैत, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजी) नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बैठक अहिले साँढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।  मअाेवादी र एमालेकाे बीचमा अाइजी नियुक्तिमा भागवण्डा नमिल्दा  विहान बसेको मन्त्रिपरिषद बैठकमा नियुक्तिको बारेमा छलफल नै हुन पाएको थिएन ।

अाेली दिउँसो अाइजी नियुक्तिको विषयमा माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग परामर्श समेत गरेका थिए । नेपाल प्रहरीमा महानिरीक्षककाे लागि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा रहेको छ भने डीआईजी बढुवाको वरियतामा खनाल एक नम्बरमा रहेका छन ।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षकका लागि शैलेन्द्र खनाल र पुष्पराम केसी चर्चामा रहेका छन । बुधवारदेखि नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहवहादुर श्रेष्ठ ३० वर्षे अवधिका कारण अवकाश पाउँदैछन ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार १९:१८