१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

मिडियामैत्री कानुनका साथ श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिक दिने आश्वासन


६ फागुन धादिङ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले श्रमजीवी पत्रकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएका मन्त्री जमरकट्टेलले मिडियामैत्री कानून निर्माण गरिने आश्वासन दिनुभयो ।
रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १४:५६