२६ चैत्र २०८१, मंगलवार | Tue Apr 8 2025

बलिउड गायिका नेहा कक्कडले प्रस्तुति दिँदा कार्यक्रमका आयोजक नै पक्राउ

२६ जेठ, काठमाडौं । बलिउड गायिका नेहा कक्कडले प्रस्तुति दिँदै गर्दा काठमाडाँकाे ठमेल तनाव ग्रस्त बनेपछि ३ जना पक्राउ परेका छन् । आयोजकले कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेकाले अवस्था असहज भएपछि तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले बताए ।

पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे तथा लर्ड क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक रहेकाे प्रहरीले जनाएकाे छ । २५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरीकाे भनाई छ । ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १५:४०