११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

पावरवाला चश्मा उतार्न यि उपायहरु अपनाउनुहोस

२४ जेठ, काठमाडाैँ । पावरवाला चस्मा लगाउनुहुन्छ र यसबाट दिक्क हुनुहुन्छ भने घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति ठीक गर्न सक्नुहुन्छः

जिरा : जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुखाने गर्नाले आँखाको समस्या हट्न सक्छ । सुकुमेल : तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहु पिउने । अमला : अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

ग्रिन टी : दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ । सुप : एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ । हाडेबादाम : राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ । तोरीको तेल : तेल राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार १०:२३