२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

कांग्रेस नेता समेत रहेका गुण्डा नाइके गणेश लामा यसरी गए जेल

२७ चैत, काठमाडौँ । गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ । उनलाई डिल्लीबजार कारागारमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले बताए ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले लामालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको छ। सरकारी वकिलको कार्यालयले लामाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजायँ र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।

लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको थियो। लामाले भने आफ्नो पेस्तोल नभएको दाबी गर्दै आएका छन्। लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर काभ्रेबाट प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

प्रकाशित मिति : 09:10