७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

सामाजिक सञ्जालमा भाइरल बनेका शेरेकाे यस्ताे रहेछ वास्तविक रुप

–मिलन राई

२२ जेठ, काठमाडाैँ । सामाजिक सञ्जालमा भाइरल बनेकाे मंगोलियन झल्को दिने सेरे चिनका याओ मिङ हुन् ।  ‘शेरे’ हास्यक्षेत्रमा काल्पनिक तर स्थापित पात्र र चरित्र बनेकाे छ । हामीले सामाजिक सञ्जालमा देखिरहेको शेरे पात्र याओ मिङ चीनका बास्केटबल खेलाडी हुन् । याओ चीनको राष्ट्रिय टोलीबाट बास्केटबल खेल्छन् । चीनमा याओलाई अत्यधिक सम्मान छ । याओले चीनमा बास्केटबलका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका छन् ।

यति मात्र होइन, याओ यतिखेर चिनिया बास्केटबलका अध्यक्ष हुन् । सांघाई साक्र्सबाट व्यावसायिक बास्केटबल सुरु गरेर २१ वर्षमै चीनमा एक नम्बरका खेलाडी बने याओ । ७.५ इञ्च उचाइ, १ सय ३६ केजी तौल र बलिष्ट शरीरका धनी याओलाई चानचुन मान्छेले बास्केटबल कोर्टमा रोक्न असम्भव थियो ।

बास्केटबलमा चम्किएकै कारण उनी चीनमा ‘रकेट’ उपनामले पनि लोकप्रिय छन् । ११ नम्बर जर्सी लगाएर बास्केटबल कोर्टमा उत्रने याओ सेन्टरबाट खेल्थे । सन २००४ देखि सन २०११ सम्म बास्केटबलको सबैभन्दा ठूलो मानिने एनबिए सिरिजमा सनसनी मच्चाएका थिए याओले । याओ एनबिए सिरिजमा अल टाइम स्टार हुन् । वास्तविक जीवनमा याओ गम्भीर प्रकृतिका छन् ।

जब उनी हास्छन्, दिल खोलेर हास्छन् । हासेकै बेला कुनै एक पत्रकारले उनको फोटो खिचिदियो, जो वास्तवमै गज्जबको देखियो । त्यही एउटा फोटोका कारणले उनी अझ बढी चर्चित भए । यही चर्चा उनले जीवनभर बास्केटबल खेल्दा पनि पाएनन् । आज विश्वभर हास्यपात्रका रुपमा याओको तस्बिर प्रयोग हुन्छ । नेपालमा पनि काल्पनिक हास्यपात्र शेरेका रुपमा याओको तस्बिर स्थापित छ । नेपालीसँग अनुहार मिल्ने भएकोले काल्पनिक शेरे र तस्विरको शेरे एकै हो कि भन्ने धेरैमा विश्वास पनि छ । जनता समाचारबाट

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १७:४८