९ असार २०८१, आईतवार | Sun Jun 23 2024

प्रमुख प्रशासकीय अधिकृत ५ लाख घुससहित पक्राउ


२७ चैत, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत र एकजना इन्जिनियर ५ लाख घुससहित पक्राउ परेका छन् ।


प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठलाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति ८ बजे रंगेहात पक्राउ गरेको हो ।

नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय छेउमै सडकमा गाडीसहित प्रशासकीय अधिकृत अधिकारी र इन्जिनियर श्रेष्ठलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार ०७:२१