अष्ट्रेलियाको एक होटलमा अन्धाधुन्ध गोली चल्यो, कती नेपाली के भए ?
१ जेठ, काठमाडाैँ । अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा मंगलबार साँझ अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पाल्म्स होटलमा एक अधबैंशे व्यक्तिले होटलका हरेक कोठामा गोली चलाउँदै हिँडेकाे अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएकाे छ ।

करिब ४५ वर्षीय युरोपियन मूलका ती व्यक्ति पक्राउ परेकाछन् । डेली मेलकाे अनुसार डार्बिनमा करिब ५ हजार नेपाली बस्ने भएपनि घटनामा कुनै नेपाली नपरेको बताइएको छ ।
प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १७:५९












