९ असार २०८१, आईतवार | Sun Jun 23 2024

पत्रकार डोमालाई सगरमाथाको सफल आरोहणका लागि शुभकामना


२६ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नु भएकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामना सहित बिदाई गरेको छ ।

महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताउनुभयो ।

उहाँले महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गर्नुभयो । पत्रकार शेर्पाले महिला सशक्तिकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिनुभयो ।

उहाँले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सगरमाथा आरोहणका क्रममा पत्रकार शेर्पा चैत्र २७ गते सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १६:१५