९ असार २०८१, आईतवार | Sun Jun 23 2024

अोखलढुंगाकाे रमाइलो रेडियोमा काम गर्ने पत्रकारको नरमाइलो दिनः तलब लिन अनशन


२६ चैत, काठमाडौँ । ओखलढुंगाको रमाइलो रेडियो कार्यरत पत्रकार तलब नपाएपछि आन्दोलित बनेका छन । रेडियोमा लगानीसमेत रहेका पत्रकारहरु तलब र लगानी बापतको रकम समेत फिर्ता माग्दै अनशनमै बसेका हुन । आन्दोलित हुनेमा पदमबहादर कार्की, डम्बरबहादुर कार्की र शान्तिमाया कार्की रहेका छन ।

उनीहरुले आफ्नो माग अघि सार्दै विज्ञप्ति समेत जारी गरेकाछन ।

उनीहरुले भनेका छन

हामी रमाइलो सामुदायिक रेडियोमा कार्यरत कर्मचारी हाम्रो श्रमको मुल्यको माग गर्दै २०७४ चैत्र २३ गते देखि कार्यालयमा अनसनरत छौ । हाम्रो अनसनको विरुद्धमा रेडियो व्यवस्थापनको जिम्मेवारी बोकेका सचिव राजकुमार कार्की कोषाध्यक्ष इश्वरबहादुर चर्मकारले हाम्रा मागका विषयमा छलफल बहस गर्ने र समधान खोज्ने भन्दा पनि हाम्रा विरुद्धमा सार्वजनिक रुपमा कुरा काट्दै हिडेको जानकारी हामीले प्राप्त गरेका छौ । समाजमा काम गर्दा हाम्रा सानतिना कमीकजोरी भएका होलान तिनलाई देखाएर हामीले गरेको श्रमको मुल्य नतिर्न गरीको प्रचारवाजीमा नलागि हामी श्रमजीवी पत्रकारको हक हितमा सहयोग गर्न सबैमा अपिल गर्दछौं । बर्र्सैं देखि रेडियोमा काम गरेका कर्मचारीहरुको परिश्रमिक समेत दिएका छैनन ।

हामीले पटक पटक हाम्रो श्रमको मुल्य खोज्यौं दिइएन । यस रेडियोमा तत्कालिन स्टेशन मेनेजरको समेत जिम्मेवारी बोकेका कार्कीले पहिलो चरणमा हामी विमला नेपाली, दिपक कालिकोटे, राजन रुचाल, नविना मगर लगायत दर्जनौं कर्मचारीको श्रम खाइदिएँ । संस्थाका अध्यक्ष दिर्गबहादुर खत्रीलाई बाधक देखाएर हामीलाई समेत प्रयोग गरेर उनिलाई पञ्छाए तर श्रमजिविको पत्रकारको उद्दार गर्नुको थप एकदर्जन श्रमजीवी पत्रकारको श्रमको मुल्य अलपत्र बनाई दिए पछिल्लो समय रेडियोमा काम गरेका लक्ष्मी कट्वाल, सानु लामा, गोपाल खत्री, मनोज भट्राई कमल घिसिङ, दानुरी शेर्पा लगायत दर्जन भन्दा बढि पत्रकार श्रमको मुल्य नलिई रुवावासी गर्दै हिड्न बाध्य बनाएका छन । रेडियोमा काम गरेका मध्ये हामी केही पत्रकारहरुले बहस छलफल गरी हाम्रो श्रमको मूल्य माग गर्दा हामी विरुद्ध सरकार गुण्डा उतार्ने प्रयास गरीयो । हामीले विरोध स्वरुप रेडियोको कार्यलयमा तालाबन्दी गरेका थियौं ।

हाम्रा मागका विषयमा छलफल बहसको विषय बनाउनुको सट्टा उल्टै हामीलाई जानकारी नदिई सरकारी गुण्डाहरुको प्रयोग गरेर ताला खोलियो । हाम्रो आन्दोलनका विषयमा कुनै सुनुवाई नै गरिएन । हामीले हाम्रा मागका विषयमा छलफल गर्न गरिएको पटक पटकका प्रयासलाई इन्कार गरी भाग्ने काम गरेका छन । पत्रकारको मात्र सवाल हैन रमााइलो सामुदायिक रेडियोलाई संस्थाका सचिव राजकुमार कार्की र कोषाध्यक्ष इश्वरबहादुर चर्मकारले आफ्नो पदिय हैसियत र जिम्मेवारीको ख्याल समेत नगरी मरन्सन्न अवस्थामा पुर्याएका सबैलाई जगजाहेर नै छ । समाज परिवर्तनको संवाहकको रुपमा रेडियोले खेलेको भुमिका समाप्त बनाए नै त्यति मात्र हैन । यीनै व्यक्तिले रेडियोमा भएका लाखौंका उपकरण, कम्प्यूटर फर्निचर लगायतको सबै सामाग्री समाप्त गरेको छन । यीनै पदाधिकारीका विरुद्ध भण्डाफोर गर्दै हाम्रो आन्दोलन निरन्तर अगाडी बढेको छ । यी पदाधिकारीले रेडियो समाप्त गर्न गरेको प्रपञ्चको विरुद्धमा हामी लड्ने र सत्य तथ्य सार्वजनिक गर्न हामी तल्लीन छौ भन्ने सबैमा जानकारी गरादछौं । यस रेडियोका संस्थापक, साधारण, आजिवन, सञ्जाल सदस्यहरुको जिम्मेवारी र भूमिका समेतको खोजी गर्ने प्रतिवद्धता जाहेर गर्दछौ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १४:५४