९ असार २०८१, आईतवार | Sun Jun 23 2024

वेपत्ता रहेका निजी विद्यालयका सञ्चालक डंगोल मारिएको फोटो उनैको फेसबुकमा


२६ चैत, काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक मारिएको भन्ने स्टाटस उनकै फेसबुकमा पोस्ट भएको छ ।

११ दिनदेखि वेपत्ता रहेका चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटसस पोष्ट भएपछि स्थानीयले रसुवा बन्द गराएका छन । बेपत्ता भएका डंगोलको फेसबुकमा कसले यस्तो स्टाटस राख्यो र उनको अवस्था के छ भन्ने केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

चैत १८ गते प्रहरीलाई उजुरी दिएको भए पनि प्रभावकारी रुपमा नखोजेको, मारिएको भनेर फोटो सहित फेसबुकमा स्टाटस आउँदा समेत प्रहरी प्रशासनले चासो नदिएको भन्दै डंगोलका आफन्त आक्रोशित बनेका छन ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १४:२०