२८ बैशाख २०८२, आईतवार | Mon May 12 2025

देवः विकास बैंकको ४० प्रतिशत हकप्रद खुला

२६ चैत, काठमाडौँ । देवः विकास बैंकले ४० प्रतिशत हकप्रद सेयर सोमबारदेखि खुला भएकोे छ । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाकासाथै एनआइबीएल एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल र पोखरा तथा देव विकास बैंकका सबै शाखा कार्यालयबाट वैशाख ३० गतेसम्म आवेदन गर्नसक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यपिटलले जनाएको छ ।

साझा विकास बैंक र यूनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा हकप्रद सेयर खुला गरिएको बैंकले जनाएको छ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १४:१०