९ असार २०८१, आईतवार | Sun Jun 23 2024

प्रदेश २ को राजधानी भएको जिल्लामै पाँच वर्षीया बालिका बलात्कृत


२६ चैत, धनुषा । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो । बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १३:५२