जिब्रो र मुखमा घाउ आउने समस्याले हैरान हुनुहुन्छ ? घाउ आउने कारण र समाधान यस्ताे छ
१७ जेठ, काठमाडाैँ । मुखमा साना साना रातो घाउ जुन मुखभित्र, जिब्रो,गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाही गालाको छेउसम्म पनि आउछ ।जसले गर्दा खान,बोल्न नै गारो हुन्छ । बिस्तारै यो घाउ गहिरी पनि हुदै जान्छ र दुख्ने,पोल्ने,ज्वरो आउने,घाटीको ग्रन्थि सुनिने,दुख्ने समस्या पनि देखिन्छ ।
मुखमा घाउ आउने कारण यसप्रकार छन :
शरीरमा पोषणको कमि- (भिटामिन बि,सी ,आइरन ,प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमि आदि) ले मुखमा घाउ हुन्छ । मुखको सरसफाईमा कमी- खाना खाएर मुख कुल्ला नगर्नु, दात नामाझ्नु जस्ता सरसफाईको कमिले पनि मुखमा घाउ निस्कन्छ । पेट सम्बन्धि रोगहरु- कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त ,अपच र पानीको कमि भए पनि मुखभित्र खटिरा आउछ । मद्धपान,धुमपान,सुर्ती –पानमसला यो प्रयोग र ब्याक्टेरिया तथा फंगसको संक्रमण ले गर्दा पनि खटिरा आउने हुन्छ । -बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपानले गर्दा पनि आउन सक्छ ।
यसका समाधान :
१.पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने । २.मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने । ३.पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने । ४.बदाम भिजाएर खाने । ५.मह घाउमा लपक्क लगाउने । ६.निमको पात चपाउने वा निम मिलाइएको मन्जन्ले दात माझ्ने । ७.हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने । ८.जिरा वा खयर चपाउने यसरि पनि निको नभए चिकित्सकलाई देखाउने । बुलेटिनबाट
प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १२:३८