माओवादी मन्त्री ओलीसँग रुष्ट, सचिव सरुवामा भागवण्डा नगरेको गुनासोसहित प्रचण्डलार्इ भेट्दै
२६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिएका छन । सरकारका सचिवहरुको सरुवामा चलखेल गर्न नपाएको भन्दै माओवादीका मन्त्रीहरुले चर्को असन्तुष्टि पोखेका छन ।
विगतदेखि नै सन्तुष्ट हुने बानी नपरेका माओवादी मन्त्रीहरुले आफूले भनेअनुसारको सचिव सरुवाको व्यवस्था मिलाईदिन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीको विरुद्धमा उजुरी गर्ने भएका छन ।
उनीहरु अहिले बिहान प्रचण्ड निवास भैँसेपाटी जाँदैछन । अन्य मन्त्रालयसँग भएका अधिकार कटौती गर्दै आफ्नै मन्त्रालयमा गाभ्नेदेखि एकैपटक ३० सचिव सरुवालगायत निर्णयमा प्रधानमन्त्रीले छलफल नगरेको माओवादी मन्त्रीको मुख्य गुनासो रहेको छ ।
उनीहरुले प्रधानमन्त्रीको कार्यशैली आफैंलाई सर्वाेपरि ठान्ने र परामर्शबिनै निर्णय लिने खालको भएको गुनासो उनीहरुको रहेको छ । आइतबार नै प्रचण्डलाई भेटेर गुनासो गर्ने तयारी गरेपनि उनको समय अभावले असम्भव भएको थियो ।
प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ०८:२९