१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

भारतबाट फर्किए अोली, विमानस्थलमा पत्रकार सम्मेलन जारी (भिडियोसहित)

२५ चैत, काठमाडाैँ । तीन दिने भारत भ्रमण पूरा गरी प्नधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्किएका छन । स्वदेश फर्कनुअघि अोलीलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लाले प्रधानमन्त्री ओलीलाई बिदाई गरेका थिए ।

प्रधानमन्त्री ओली साँझ ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । अहिले विमानस्थलमा पत्रकार सम्मेलन जारी छ । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको वक्तव्य पढेर सुनाइरहेका छन ।

राजकीय भ्रमणमा शुक्रबार भारत जानु भएका ओलीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै, उद्योगी व्यवसायीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओली र समकक्षी नरेन्द्र मोदीबीच नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउने विषयमा सहमति भएको छ । कृषि, जलमार्ग र रेलमार्ग निर्माण गर्ने दुवै देशका प्रधानमन्त्रीबीच सहमति भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार २०:२१