११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

खरबुजाले पत्थरी लगाएतका निम्नराेगहरू निकाे पार्छ   

१५ जेठ, काठमाडाैँ । पानीकाे मात्रा धेरै भएकाे फल खरबुजा हाे । खरबुजा खानाले सरिरमा भएका विभिन्न राेगहरू निकाे समेत हुने गर्दछ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खाँदा कस्ता फाइदा हुन्छन् र यो कुन रोग लागेका व्यक्तिले खानु हुँदैन । खरबुजाका फाइदा थाहापाउनुहाेस्ः

पत्थरी भएकाले– मृगौलामा पत्थरी हुनेहरूले खरबुजा धेरैभन्दा धेरै खानुपर्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ।

तौल घटाउन फाइदाजनक–  खरबुजामा निकै थोरै क्यालोरी हुन्छ र यो खाएपछि चाँडै भोक लाग्दैन । सय ग्राम खरबुजामा मात्र ३० ग्राम क्यालोरी हुन्छ । यसमा करिब १ मिलिग्राम सोडियम, कार्बोहाइड्रेट ८ ग्राम, फाइबर ०.४ ग्राम, सुगर ६ ग्राम, भिटामिन ए ११ प्रतिशत, भिटामिन सी १३ प्रतिशत, प्रोटिन ०.६ ग्राम पाइन्छ । जस्ले ताैल घटाउन मदत गर्छ ।

प्रतिरोधी क्षमता बलियो बनाउँछ – भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ ।

आँखाका लागि पनि फाइदाजनक– यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दिमाग शान्त बनाउँछ– खरबुजा चिसो फल हो । यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।

उच्च रक्तचाप भएकालाई– रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ ।

खरबुजाकाे वेफाइदाः

दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन । यो चिसो हुन्छ र यसले सास नली सुन्निने गर्छ ।

भात वा दही खाने बित्तिकै खरबुजा खानु हुँदैन ।

खाली पेटमा पनि खरबुजा खानु हुँदैन । खाली पेटमा खरबुजा खाँदा बान्ता हुने वा पेटको अन्य समस्याको कारण बन्न सक्छ ।

खरबुजा खाने बित्तिकै पानी नपिउनुहोस् ।

राती सुत्नेबेला पनि खरबुजा खानुहुँदैन किनभने यसले कफ बढाउन सक्छ ।

खरबुजाले स्वास्थ्यमा फाइदा पुर्याउँछ तर आफ्नो समस्या हेर्दै यो खाने कि नखाने भनेर निर्णय लिनुहोस् किनभने केही स्थितीमा खरबुजा फाइदाजनक हुँदैन ।एजेन्सी

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार ११:४४