९ असार २०८१, आईतवार | Sun Jun 23 2024

२५ चैत, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

निःशुल्क मुटु शिविर

नोबेल अस्पतालका मुटु रोग विशेषज्ञ डा राजेश नेपालको नेतृत्वको टोलीले सगरमाथा महेश्वरी युवा मञ्च तथा राजविराज नगरपालिका वडा नं ७ को आयोजनामा शनिबार राजविराजमा एकदिने निःशुल्क मुटु शिविरको आयोजना गरिएको छ ।

उक्त शिविरमा राजविराज नगरपालिकासहित जिल्लाका विभिन्न ठाउँका ९७ जनाले मुटु जाँच तथा इसिजी गराएको सगरमाथा महेश्वरी युवा मञ्चका महासचिव होमेश कावराले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार ०९:५३