९ असार २०८१, आईतवार | Sun Jun 23 2024

तासको खालबाट ५२ हजार नगद सहित ८ जना पक्राउ


२५ चैत, पोखरा । पोखरामा लेखनाथ महानगरपालिका वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसमा तासको खालबाट जिल्ला प्रहरी कार्यालय कास्कीले ५२ हजार १५ नगद सहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा गेष्टहाउस सञ्चालक भोगेन्द्र तामाङसहित ड्यामसाइड बस्ने ४३ वर्षीय नरेश गुरुङ, ४३ वर्षीय राजकुमार गुरुङ, घारीपाटन बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठ, हिमालीटोल बस्ने ३८ वर्षीय दीपक गुरुङ, ड्यामसाइडका ३९ वर्षीय अजय गौचन र पोखरा– ६ बैदामका ४० वर्षीय दीपक भट्टचन रहेका छन् ।

कास्की जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गरी प्रहरीले शुरु गरेको अभियानअन्तर्गत पोखरा तथा आसपासका इलाकामा व्यापकरुपमा परिचालन गरिएको प्रहरी टोलीले अवैध काठ नौ गोलीया र पाँच थान मोटरसाइकलसहित ४६ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार कास्की प्रहरीले अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम नियन्त्रण एवं गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार ०९:३७