११ असार २०८१, मंगलवार | Wed Jun 26 2024

सुशासन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन


२४ चैत, चितवन । चितवनमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा गृहमन्त्री रामबहादुर थापाले सुशासन र जनसेवा प्रभावकारी बनाउन चितवनका सरकारी अधिकारीलाई निर्देशन दिएकाछन् ।

जिल्ला प्रशासन कार्यालयउनले जनताको सेवालाई चुस्त पार्दै भ्रष्टाचारलाई रोक्नतर्फ सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

चितवन जिल्ला विभिन्न आपराधिक क्रियाकलापका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ रहेको भन्दै उनले शान्ति, सुरक्षा, सुव्यवस्था र सेवामा समेत ध्यान दिन कर्मचारी तथा सुरक्षा अधिकारीलाई निर्देशन दिएकाछन् ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाको शान्ति सुरक्षाको अवस्था र रणनीतिबारे गृहमन्त्री थापालाई जानकारी गराएका छन् ।

गृहमन्त्री थापाले नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा आफ्नोतर्फबाट सहयोग रहने प्रतिबद्धताजनाएका छन् । आजै, जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री थापाले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।

गृह जिल्ला चितवनमा गृहमन्त्री रामबहादुर थापालाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) चितवनले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापालाई कदरपत्रसहित सम्मान गरेको हो । मन्त्री थापा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख समेत छन् ।

सो अवसरमा गृहमन्त्री थापाले चितवन आपराधिक क्रियाकलाप गर्नेहरुको केन्द्र बन्न सक्ने भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार १८:५८