१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

विकासका लागि सबै एकै ठाउँमा उभिनुको विकल्प छैनः कार्यबाहक प्रधानमन्त्री पोखरेल

२४ चैत, काठमाडाैँ । कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले विकासका लागि सबै एकै ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन ।

शनिबार काठमाडाैँ टोखाकाे चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको आयोजनामा भएको नयाँ बर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले विकासमा दलगत राजनीतिको छायाँ देखाउन नहुने बताए ।

मन्त्री पोखरेलले निर्माणका लागि अवरोध गर्न ब्यक्तिहरु र संघ सस्थाहरुको मुद्दा नै दर्ता नगर्न सम्बन्धित निकायलाइ निर्देशन समेत दिए । उनले ज -जस्ले बिकास निर्माणमा अवरोध गर्छ उनीहरूलाई सामाजिक बहिष्कार गर्नु पर्ने बताए । उक्त कार्यक्रममा पुर्ब सचीवहरु , नागरिक अगुवाहरु, सामाजिक संघ सस्थाहरुलार्इ सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार १७:०३