११ असार २०८१, मंगलवार | Wed Jun 26 2024

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई ८ देखि १५ लाखसम्म अनुदान दिइने


२४ चैत, काठमाडाैँ । व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप तरकारीखेती गर्ने किसानलाई आठ लाखदेखि १५ लाखसम्म अनुदान दिइने  भएको छ । नेपाल सरकारको  तरकारी विकास निर्देशनालयलका अनुसार आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए ।

नयाँ शुरु गरेका किसानलाई भन्दा पनि यो कार्यक्रम व्यावसायिक किसानलाई थप व्यावसायिक बनाउन लक्षित भएको बताए । पहिले खुल्ला खेती गर्ने किसानलाई बाँसको टर्नेलमा र बाँसको टर्नेलमा खेती गर्नेलाई झुलमा खेती गराउन प्रोत्साहन गरेको बताए ।

किसानले आफूले पनि लगानी गर्नुपर्ने सर्त छ । ललितपुर, काठमाडौँ, मकवानपुर, नुवाकोट, चितवान, लमजुङ, सिन्धुपाल्चोक र कैलाली गरेर नौ जिल्लाका किसानले अनुदान रकम पाएका हुन् ।

निर्देशनालयले चार फरक सर्तमा अनुदान सहयोग गरेको छ । टनेलसँगै, प्लास्टिक पोखरी बनाउन, थोपा सिँचाइ, हावामा खेती गर्नका लागि किसानलाई सहयोग गर्न लागिएको हो । यो कार्यक्रम अन्तर्गत विदेशबाट फर्किएका, ठूलो क्षेत्रफलमा खेती गरेका र प्रविधिको प्रयोग गरेको किसानलाई लक्षित रहेको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार २०:२५