२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी मोदीको सरप्राइज भेट (हेर्नुहोस चार तस्बीर)

२३ चैत, काठमाडाैँ । तीनदिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार वन इन वन भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आनन्दित भएको प्रतिक्रिया दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ ट्विट गर्दै आफू प्रधानमन्त्री ओलीलाई भेटेर आनन्दित भएको बताएका हुन्। मोदीले ट्विटमा लेखेका छन्: नेपालका प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग भेटेर आनन्दित भएको छु। भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई मोदीले शुक्रबार साँझ भेटेका हुन्।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शनिबार द्विपक्षीय भेटवार्ता तय भएको छ। शनिबार नै ओलीले तीनपटक मोदीसँग भेट गर्नेछन्।

प्रकाशित मिति : 21:29