१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

पोखराका दुर्इ इन्जिनियर एक लाख घूससहित पक्राउ


२३ चैत, कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।

विद्यालय भवन निर्माण गर्दा गलत बिल फछ्र्यौट गरिदिने भन्दै रु एक लाख घूस लिँदालिँदै चिप्लेढुङ्गास्थित एक रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउपर्नेमा इन्जिनियर छवीन्द्रविक्रम खाँड र सबइन्जिनियर प्रदीपकुमार बानियाँ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र छानबिन शुरु गरिएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार २०:३०