१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नेपालमा एचआइभी एड्स उपचार प्रभावकारी भएन


२३ चैत, काठमाण्डौं । नेपालमा सरकारले एचआइभी एड्स संक्रमितका लागि निःशुल्क औषधि वितरण गरे पनि प्रभावकारीरुपमा उपचार भएको देखिँदैन ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा वासुदेव पाण्डेका अनुसार विश्वव्यापी रुपमा एचआइभी एड्स रोगी कम हुँदै गएका छन् तर नेपालमा जुन रुपमा न्यूनीकरण हुुनुपर्ने हो त्यसअनुसार हुन नसकेको बताए ।

नेपालमा हाल एचआईभी एड्स संक्रमित १३ हजारदेखि १५ हजारसम्म छन् । सरकारले सन् २०२० सम्म ९० प्रतिशत विरामीको रोग पत्ता लगाउने लक्ष्य लिएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सो रोग स्थानीयस्तरदेखि नै न्यूनीकरण गर्न र चेतना जगाउने कानूनी व्यवस्था नै रहेको हुँदा अब प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभाका सदस्यहरु यज्ञराज सुनुवार, अमनलाल मोदी, रामकुमारी झाँक्री र प्रदेशसभाका सदस्य रचना खड्काले राज्यका तिनै तहमा कानून बनिरहेको हुँदा यस्ता समस्या स्थानीय सरकारबाटै प्रभावकारी ढंगले समाधान हुनुपर्नेम जोड दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १८:१५