१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कार्यबाहक प्रधानमन्त्री पोखरेलको पहिलो कार्यक्रमः आर्सनल कार्यालय सुन्दरीजलको निरीक्षण

२३ चैत, काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार आर्सनल कार्यालय सुन्दरीजलको निरिक्षण गरेका छन ।
निरिक्षणको क्रममा उनले नेपाली सेनालले राष्ट्रिय गौरवका कामहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले सेनालाई लोकतान्त्रिकरण नभई व्यवसायीकरण गर्न निर्देशन दिँदै भने, ‘नेपाली सेनाको अनुहारमा राष्ट्रिय एकताको तस्वीर देख्छौँ ।’ उनले नेपाली सेनाको व्यवसायकरण अभिवृद्धिका लागि पनि निर्देशन दिए । निरिक्षणकै क्रममा उनले नेपाली सेनाले शान्ति स्थापना, राष्ट्रिय एकता सामाजिक सद्भाव, नेपालको राष्ट्रियतालगायतका सन्दर्भमा खेलेको भूमिकाको पनि प्रशंसा गरे ।

नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अतुलनीय योगदान गरको चर्चा गर्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले नेपाली जनताको भरपर्दो स्तम्भको रुपमा नेपाली सेना रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १७:३२