१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

गृहमन्त्री थापा र आइजिपी अर्यालबीच बोलचाल बन्द


२३ चैत, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालको बीचमा बोलचाल बन्द भएको खुलासा भएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले नेतृत्व गरेको पहिलो सरकारमा रक्षामन्त्री रहेको समयमा सेनापतिसँग बोलचाल बन्द भएका बादलको अहिले गृहमन्त्री हुँदा प्रहरीको आइजीसँगको बोलचाल बन्द भएको सार्वजनिक भएको हो ।

यही चैत २७ गते अवकाश हुन लागेका अर्याल प्रहरी नियमावली अनुसार एक महिना अघि नै बिदामा बस्नुपर्नेमा त्यसो गरेका छैनन् ।

माओवादी निकट नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले फेसबुकमा गृहमन्त्री र आइजिपीको बोलचाल नरहेको कुराको खुलासा गरेका छन ।

उनले लेखका छन ‘बादल दाइ रक्षामन्त्री हुँदा प्रधान सेनापतिसँग सम्बन्ध रहेन । गृहमन्त्री हुँदा प्रहरी प्रमुखसँग अहिले बोलचालै छैन । हिजो गृह मन्त्रालयमा सामान्य प्रशासन, स्वास्थ्य र गृहमन्त्रीसहितको दैवी प्रकोप उद्धार समितिको बैठकबाट प्रहरी प्रमुख केही नभनि जुरूक्क उठेर किन हिडे होलान ?’

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १७:०७