१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

भक्तपुरमा वृहत चाैथो भक्तपुर औद्योगिक मेला शुरु


२३ चैत, भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत चांैथो भक्तपुर औद्योगिक,सांकृतिक,पर्यटन तथा व्यापार मेला आजबाट शुरु भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको २०७४÷७५ मेला को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले उद्घाटन गरेकाछन् ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको चौरमा शुरु भएको ११ दिने मेला आगामी वैशाख ३ गते सम्पन्न हुनेछ । २०० भन्दा बढी स्टल रहेको मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए ।

त्यसैगरी मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल रहेको छ भने मेलामा बिक्री गरिने सामानमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

मेलामा आउनेका लागि डा इवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिए । मेलामा करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने र करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष संदिप महतले जानकारी दिए ।

मेलामा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।

मेलामा भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १४:४६