१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

प्रधानमन्त्री अोलीलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंहले गरे स्वागत


२३ चैत, काठमाडौँ । भारतको तीन दिने राजकीय भ्रमणका लागि आज दिल्ली गएका प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका छन । नेपाल वायु सेवा निगमको बिहान ९ बजेको उडानबाट ओली त्यसतर्फ लागेका हुन । प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पनि पुरा नहुँदै ओली ५४ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै भारत पुगेका अोलीको स्वागतका लागि गृहमन्त्री सिंह इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय अघि नै पुगेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । ओलीलाई भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष बामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओलीले मितव्यीताको नीति भ्रमणको समयमा पनि लागू गरेका छन । प्रायः प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा पाँचदेखि सात दिने भ्रमण हुने गरेकोमा ओलीले उक्त समयलाई छोट्याएर तीन दिनमा सीमित गरेका छन । र ओली यसपटक दिल्लीबाटै स्वदेश फर्कनेछन ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १०:५२